काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने जनाएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले मंगलबार दिउँसो ३ बजे सिंहदरबारमा पुगेर प्रधानमन्त्रीकार्की सँग छलफल गर्ने तयारी भएको बताए ।
आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँगको छलफलमा फागुन २१ को निर्वाचन तयारीका समग्र पक्षमा कुराकानी हुने बताए ।
यस्तै‘निर्वाचनको तयारी, शान्ति सुरक्षा, मतपेटिका, मतपत्र, लगायतका सामाग्रीहरुको व्यवस्थापन, मतदाता नामावली लगायतका विषयमा छलफल हुँदैछ’, सूचना अधिकारी घिमिरेको भनाई छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गर्ने तयारी गरेको जनाएको छ ।
‘अव छिटै राजनीतिक दलहरूसँग पनि छलफल गर्ने आयोगको तयारी र गृहकार्य भइरहेको छ’, घिमिरेले भने, ‘सबै दलहरूसँग मिटिङ राखिन्छ ।
त्यसक्रममा दलहरूसँग आयोगले गरेको तयारी र कुनै विषयमा कन्फ्युजन छन् भने त्यसबारेमा पनि दलहरूलाई प्रस्ट पार्ने घिमिरेले बताए ।
आयोगले अगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग छलफल र संवाद थाल्ने पनि जनाएको छ ।
FACEBOOK COMMENTS