काठमाडौं । इङल्याण्डले श्रीलंकालाई १४७ रनको लक्ष्य दिएको छ ।
जारी टी–२० विश्वकपको सुपर आठको खेल अन्तर्गत इङल्याण्डले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विल ज्याकले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए ।
त्यसैगरी श्रीलंकाका बलर दुनिथ वेल्लालागे, दिलशान मदुशान्का र महीश थीकशानाले २–२ विकेट लिएका थिए भने दुषमनथा चामेराले एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS