काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात साउनमा नेपालमा १ अर्ब ८४ करोड ३२ लाख ९८ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन (ईभी) आयात भएको छ ।
भन्सार विभागका अनुसार साउनमा १ अर्ब ८४ करोड ३२ लाख ९८ हजार रुपैयाँ बराबरको ईभी आयात भएको हो ।
एक महिनाको अवधिमा आयात भएको ईभी मध्ये सबैभन्दा बढी चीनबाट आयात भएको छ । चीनबाट अनएसेम्बल्ड विद्युतीय तीनपांग्रे सवारीसाधन १ हजार १७१ थान आयात भएको छ ५१७ थान विद्युतीय तीनपांग्रे सवारीसाधन तथा अन्य विद्युतीय सवारीसाधन ४८९ थान आयात भएका छन्।
भारतबाट २०० थान विद्युतीय तीनपांग्रे सवारीसाधन र १९९ थान अन्य विद्युतीय सवारीसाधन आयात भएका छन्। त्यस्तै अमेरिकाबाट एक थान अन्य विद्युतीय सवारीसाधन आयात भएको छ।
आयात भएका यी सवारीसाधनमध्ये चीनबाट आएका अन्य विद्युतीय सवारीसाधनको आयात मूल्य सबैभन्दा बढी १ अर्ब २३ करोड ६१ लाख २८ हजार रुपैयाँ रहेको छ।

यस अवधिमा सरकारले ईभी आयातबाट १ अर्ब १४ करोड ४६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।