काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन चार जना भूतपूर्व प्रधानमन्त्रीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।
हिजो मंगलबार सम्पन्न मनोनयन दर्तापछि देखिएको दृश्य अनुसार भूतपूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई र माधव कुमार नेपाल चुनावी मैदानमा देखिएका हुन् ।
उनीहरूमध्ये नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली झापा–५, नपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक रहेका प्रचण्ड रुकुमपूर्व, पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता रहेका डा. बाबुराम भट्टलाई गोरखा–२ र नेकपाका सहसंयोजक रहेका माधव कुमार नेपाल रौतहट–१ बाट निर्वाचन प्रतिस्पर्धा गर्दैछन् ।
यी चार भूतपूर्व प्रधानमन्त्रीमध्ये केपी शर्मा ओलीबाहेक अरु सबै विभिन्न समयमा विभिन्न क्षेत्रबाट निर्वाचन लडेर आफूलाई संसदमा उभ्याउँदै आएका छन् ।
ओलीले तीब्र बनाए भेटघाट, आक्रामक रणनीति बनाउँदै बालेन
