नेपाली विद्यार्थीहरू देशको पढाइ छोडी उच्च शिक्षाका लागि विदेश जाने क्रमम बढ्दो छ । वैदेशिक रोजगारीका लागि जस्तै दैनिक हजारौँ विद्यार्थीहरू पनि पढ्न जानका लागि विमानस्थलमा लाइन लागेको देखिन्छ । यसरी उच्च शिक्षाका लागि विभिन्न देशमा जान सबैभन्दा पहिला सम्बन्धित देशको भाषा अनिवार्य रूपमा जानेको हुनुपर्दछ । खासगरी अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, डेनमार्क, न्यूजील्याण्ड, फ्रान्स, जर्मनीलगायत देशमा जानका लागि इन्टरनेशनल इङ्गलिस ल्याङ्ग्वेज टेस्ट सिस्टम (आईएलटीएस) उत्तीर्ण गर्नुपर्दछ । यस्तो भाषा सिकाउने एजुकशेन कन्सल्टेन्सीहरू नेपालमा थुप्रै छन्, तर केहीमात्र अब्बल छन् । तीनै अब्बलमध्येको एक हो सिड्नीमा स्थापना भएको, ललितपुरको भैंसेपाटीमा कर्पोरेट कार्यालय रही देशका विभिन्न शहरमा शाखा कार्यालय रहेको र विभिन्न २० वटा देशमा फैलिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज ।
आफूलाई अब्रोड स्टडीको होलसेलरका रूपमा स्थापित गरेको दाबी गर्ने एक्सपर्ट कन्सल्टेन्सीले अब्रोड स्टडीसम्बन्धी शिक्षा र परार्मशको सेवालाई कसरी अगाडि बढाइरहेको छ ? पछिल्लो समय विद्यार्थी भिसामा जाने अधिकांश नेपाली विद्यार्थी पढाइसँगै काम र पढाई छोडी काम मात्रै पनि गर्न थालेका छन् । यसले उनीहरूको वृत्तिविकासमा कस्तो प्रभाव पार्छ ? यी र यस्ता विषयहरूमा केन्द्रित रहेर कर्पोरेट खबरले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको पोखरास्थित शाखा कार्यालयका मार्केटिङ तथा पब्लिक रिलेशन म्यानेजर विष्णु प्रसाद गौतमसँग कुराकानी गरेको छ । प्रस्तुत छ गौतमसँग हाम्रा प्रतिनिधि साइराम उपरकोटीले गरेको कुराकानीको सम्पादित अंश:–
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज कस्तो कन्सल्टेन्सी हो । यहाँहरू कहिलेदेखि यो सेवामा लाग्नुभयो ?
नेपालमा हजारौँको संख्यामा कन्सल्टेन्सीहरू छन् । त्यो मध्यको एक हामी पनि हौँ । हामीले अब्रोड स्टडीसम्बन्धी शिक्षा र परार्मश दिने काम गर्दछौँ । हाम्रा विद्यार्थीहरूले कसरी शिक्षा ग्रहण गर्न सक्छ भन्ने कुराहरूमा हामीले ध्यान दिइरहेका हुन्छौँ । हाम्रो यो संस्था २००३ मा अष्ट्रेलियाको राजधानी सिड्नीमा स्थापना भएको हो ।
सञ्जिव शर्मा र ब्रद्री अर्याल सरले सथापना गर्नुभएको यो संस्था अहिले २० वटा भन्दा बढी देशमा फैलिएको छ । चार सय भन्दा बढी कलेजसँग सहकार्य गरिरहेको यो संस्थामा हाल एक हजार भन्दा बढी दक्ष जनशक्ति कार्यरत हुनुहुन्छ । अझ सेवा विस्तार हुने क्रमममा छ । भाटभटेनीमा छिरेपछि अन्त छिर्न पर्दैन् भने जस्तै हो हाम्रो कन्सल्टेन्सी । हामी अब्रोड स्टडीको रिटेल होइन होलसेलर हौँ ।
पोखरामै कार्यालय स्थापना गरी सेवा प्रवाह गरेको कति वर्ष भयो ? यो कतिऔँ शाखा हो ?
यो कम्पनी खुलेको २० वर्ष भइसकेको छ भने यसको केन्द्रीय कार्यलय अष्ट्रेलियाको सिड्नीमा छ । यस्तै, कर्पोरेट अफिस ललितपुरको भैंसेपाटीमा छ र नेपालका विभिन्न सहरहरूमा शाखा कार्यालयहरू सञ्चालनमा छन् । त्यही शाखामध्येको एक हो पोखरा शाखा । यहाँ हामीले सन् २०१३ मा शाखा खोलेका हौँ । त्यसबेला सानो टीमबाट हामीले काम सुरू गरेका छौँ । सुरूमा रमेश थापाको नेतृत्वमा यो कम्पनी पोखरामा सञ्चालनमा ल्याएका हौँ । त्यो बेला विद्यार्थीको मन जित्न सफल भएसँगै अहिले पोखरामा चर्चा कमाउन सकिरहेका छौँ ।
उच्च शिक्षाका लागि यो कन्सल्टेन्सीबाट हालसम्म कति विद्यार्थी विदेश गए ?
हामीले अहिलेसम्म एक लाख जना भन्दा बढी विद्यार्थी बाहिर पठाइसकेका छौँ । आज भन्दा दुई वर्षअघिसम्म हामीलाई अष्ट्रेलियाको लागि मात्रै प्रख्यात मानिन्थ्यो । तर, अहिले हामी धेरै देशमा विद्यार्थीहरूलाई सहज र सरल रूपबाट पठाइरहेका छौँ ।
तपाईँहरूको कन्सल्टेन्सीप्रति विद्यार्थीहरूको प्रतिक्रिया कस्तो छ ?
बजारमा हजारौँ कन्सल्टेन्सी छन् । तर, एक्सपर्ट नै किन रोजीरहनु भएको छ भने हाम्रो दक्ष जनशक्तिकै कारण हो । हामी पुरानो संस्था दक्ष जनशक्ति र विश्वासले नै टिकेका छौँ । हामीले विद्यार्थीलाई परार्मश मात्र दिदैनौँ उहाँहरूको सर्टिफिकेट हेरेर उचित विषय छान्न समेत काउन्सिलिङ गर्छौँ । हामी विद्यार्थीको हितका लागि नै काम गर्छौँ । हाम्रो दक्ष जनशक्तिहरूले गर्दा नै विद्यार्थीहरू हाम्रोमा आउनुहुन्छ ।
आईएलटीएस र पीटीईमा कति–कति अङ्क ल्याए कुन्–कुन् देश जान पाइन्छ ?
विद्यार्थीहरू १२ कक्षा पासआउट भएपछि स्नातक (ब्याचलर) पढ्न विदेश जान्छन् । तर, देश अनुसार आईएलटीएस पीटीईका अङ्कहरू फरक–फरक हुने गर्दछन् । जस्तो: अष्ट्रेलिया जान ६ देखि ६.५ अङ्क ल्याउनुपर्छ, बेलायत (यूके) जान इचब्याण्ड (लिसिनिङ, स्पिकिङ, रिडिङ र राईटिङ) ५.५ ल्याउँदा जान पाइन्छ । यस्तै, क्यानडा जान प्लस टूमा २.८ र इचब्याण्ड ६ ल्याउँदा जान पाइन्छ । त्यसैले हामी विद्यार्थीको आईएलटीएस, सर्टिफिकेट र फाइनान्सियल डकुमेन्ट लिएर मात्र कुन् देश जान मिल्ने बताउने गर्दछौँ ।
आईएलटीएस नगरी पीटीई गरेर पनि विदेश पढन जान पाइन्छ भनिन्छ । यसरी जाँदा कत्तिको सहज र सुरक्षित भइन्छ ?
तपाईँको अङ्ग्रेजीमा ‘बी’ अथवा ‘बी प्लस’ छ भने जान पाइन्छ । यसरी यूकेमा जान सम्भव हुन्छ । तर, यसमा के हुन्छ भने आईएलटीएस गर्दा धेरै विकल्प छान्न पाइन्छ, तर बिनाआईएलटीएस जाँदा विकल्प कम हुन्छन् । सेवा सुविधा पनि कम हुन्छ । त्यसैले आईएलटीएस गरेरै जाँदा धेरै सहज र सुरक्षित भइन्छ । गरेरै जानुहोस् भन्ने सुझाव पनि दिन चाहान्छु ।
अहिले धेरैजसो विद्यार्थी १० कक्षा पढेपछि नै विदेशको पढाई सोच्न थाल्दछन् । त्यस्ता विद्यार्थीहरूले १२ कक्षासम्म पढ्दा कुन विषय लिँदा सहज हुन्छ ?
जुनसुकै विषय पढेका विद्यार्थी विदेश जान पाइन्छ । तर, प्राविधिक विषय पढेर जाँदा सहज हुन्छ ।
पछिल्लो समय अष्ट्रेलिया जान असहज छ भन्ने सुनिन्छ, के कारणले त्यस्तो भएको हो ?
अष्ट्रेलियाले विद्यार्थी लिएन र लिँदैन भन्नु गलत हो । एकेडेमिक क्वालिफिकेसनमा २.८ भन्दा माथि ल्याउँदा र आईएलटीएसमा ६ भन्दा माथि ल्याउँदा सहज हुने हो । अहिले अष्ट्रेलियाले जेन्युन विद्यार्थी मात्र खोजेको छ । त्यसैले रुल्स अलि चेञ्ज गरेको छ । जान पाउँदैन होइन पाउँछ, तर नेपाली पढ्न भन्दा कमाउन जाने धेरै हुन्छन् त्यसैले फाइनान्स डकुमेन्ट देखाउन असहज हुने भएकाले जान कम भएको मात्र हो । अहिले अष्ट्रेलियाले सम्पूर्ण डकुमेन्ट, अर्थिक हिसाब सबै सही नै खोजेको छ । त्यसैले अफ्ठ्यारो महशुुस भएको हो ।
उच्च शिक्षाका लागि तपाईँको कन्सल्टेन्सीमा कस्ता–कस्ता विद्यार्थी आइपुग्छन् ?
१२ कक्षा पास गरेका विद्यार्थीहरू धेरै आउनुहुन्छ भने ब्याचलर र मास्टर्स पढिसक्नुभएका पनि आउने गर्नुभएको छ । नेपालमा शिक्षा महङ्गो छ तर यहाँ गरेको लगानीमा केही थपे विदेशमा पठाउन सके पढाइ पनि हुने र कमाइ पनि हुने परिवारको सोच छ । त्यही सोचले विद्यार्थीहरू विदेश पढ्न गएका हुन् । तर, ब्याचलर पढेर आउने विद्यार्थीहरूलाई भने बाहिर पढ्न जाँदा सहज हुन्छ । प्लस टू भन्दा ब्याचलर पढ्न जाँदा निखारता बढी आउँछ । प्लस टू पढेका विद्यार्थीहरू परिवारबाट टाढा कम हुने भएकाले अलि असहज हुन्छ भन्ने नै हो । सबै विद्यार्थी क्यापेबल नै हुुन्छन् ।
FACEBOOK COMMENTS