काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशील सिर्पाली ठकुरीले फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महरा नेपाली समाजका लागि उदाहरणीय व्यक्तित्व भएको बताएकी छिन् ।
महिलाहरूले पनि समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्दै महराले फेसियल हाउसलाई सशक्त बनाएकोमा खुशी व्यक्त गर्दै उनले महरा उदाहरणीय व्यक्तित्व भएको चर्चा गरेकी हुन् ।
नेपालको नम्बर वान ब्युटी सैलुन ‘फेसियल हाउस’को १६औँ वार्षिकोत्सव समारोहलाई आज काठमाडौंको सिटी सेन्टरमा सम्बोधन गर्दै मन्त्री सिर्पालीले ब्युटिसियनको महत्त्व प्राचिन कालदेखिनै सुरू भएको चर्चा समेत गरेकी छिन् । प्राचिनकाल र अहिलेको केही तौरतरिकामा भिन्नता आए पनि यसको महत्व उहिल्यैदेखि रहँदै आएको उनको भनाइ थियो ।
‘जहाँ समस्या आउँछ त्यहाँ सम्भावना पनि सँगै रहेको हुन्छ,’ मन्त्री सिर्पालीले भनिन्, ‘मान्छेले काम गर्ने अठोठ राख्नुपर्छ । स्वदेशमा पनि प्रससतै सम्भावनाहरू छन् । विदेशमा मात्र सम्भव छ नेपालमा केही छैन भन्नू गलत हो ।’
समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो ।
यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लिला जीसीलगायत अतिथिहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति थियो ।
कर तिरेपछि जनताले सुविधा पाउनुपर्छ होइन भने फिर्ता हुनुपर्छ : सांसद ज्ञानेन्द्र शाही
FACEBOOK COMMENTS