काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आफ्नो कार्यकालमा महासंघको साख गिर्न नदिने वताएका छन् ।
सपथ तथा पदभार ग्रहणपछि आयोजित नवनिर्वाचित पदाधिकारीहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई विशेष सम्बोधन गर्दै उनले वर्तमान विषम परिस्थितिमा महासंघको साख गिर्न नदिने बताएका हुन ।
तीन वर्षअघि वरिष्ठत उपाध्यक्ष पदमा निर्वाचित हुँदा आफूले गरेको कुनै पनि प्रतिवद्दता नबिर्सिएको चर्चा गर्दै उनले आगामी कार्यकालमा गरिने दर्जनौं कामहरुको खाका प्रस्तुत गरेका छन् ।
दुई तिहाईको बलियो सरकार गठन भएको परिवेशमा निजी क्षेत्रले बढी भन्दा बढी लाभ लिन सकिने उनको भनाई छ ।