काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पर्नुभएको छ ।
वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको पैरवी, जलवायु वित्तका लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारलाई महत्त्वपूर्ण मान्दै टाइम म्यागजिनले उहाँलाई सूचीमा समेटेको हो ।
विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येयता, नीति निर्माता र राजनीतिज्ञ समेत रहेका डा. वाग्लेले भोटेकोशी बाढीपछि गरेको तीन वटा कार्यलाई छनोटको आधार मानिएको छ ।
टाइम म्यागजिनले छनोटका गरेका १०० प्रभावशाली व्यक्तिको सूचीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत पनि हुनुहुन्छ ।