काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सहकार्य गरेर अहिलेको समस्या समाधान गर्ने बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले वित्तीय क्षेत्रमा देखिएका समस्याहरु मिलेर हल गर्ने बताएका हुन्।
अर्थ मन्त्रालय पुगेका गभर्नर अधिकारीलाई लघुवित्तदेखि सहकारीसम्ममा देखिएको समस्या राज्यको संयन्त्रले मिलेर हल गर्नुपर्ने बताएका हुन्।
अर्थमन्त्री र गभर्नरको सम्बन्धबारे यसअघि पनि चर्चा हुने गरेको थियो। जनार्दन शर्मा अर्थमन्त्री हुँदा गभर्नर अधिकारीसँग सम्बन्ध बिग्रिएको थियो।
त्यस समयमा सरकारले गभर्नरलाई बर्खास्त समेत गरेको थियो। तर अदालतबाट उनी फिर्ता आएका थिए।
अर्थमन्त्री विष्णु पौडेल हुँदा भने गभर्नरको सम्बन्ध राम्रो थियो। त्यस समयमा हरेक विषयको छलफलमा पौडेलसँग गभर्नर रहने गरेका थिए।
महतले आज कार्यभार सम्हालेको दिन सम्बन्ध राम्रो बनाएर अघि बढ्ने संकेत गरेका छन्।
FACEBOOK COMMENTS