पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर खाली गर्ने कार्य आइतबारदेखि शुभारम्भ गरेको छ ।
फिर्केखोलाको खोलामा घरमा निर्माण भएका सवैप्रकारका संरचनाहरू हटाउने अभियान अन्तरगत यो कार्यको शुभारम्भ गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।
यसअघि खोलाघर खाली गर्न सम्बन्धित सबैलाई पटक पटक सूचित गरिएको थियो । २०८० साल आषाढमा गरिएको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोलाघर मा १६० भन्दा धेरै अस्थायी तथा स्थायी संरचनाहरू निर्माण भएको पाइएको थियो । ती संरचनाहरू हटाउन लागिएको हो ।
आइतबार पोखरा वडा नं. २ र १८ को सिमाना अधेरीकुना, वडा नं.४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिर र वडा नं. ७ र ८ को सिमाना जिरो किमी स्थित लायन्सको भवनबाट हटाउने कार्य शुभारम्भ गरिएको महानगरले जनाएको छ ।


