काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा गरेको छ ।
क्यानले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ए टिमको घोषणा गरेको हो । नेपाल ए ले भारतको उत्तराखण्डमा ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता मे २२ देखि जुन २ सम्म आयोजना हुदैछ ।
नेपाल ए टिममा अनिल शाह (कप्तान), मयन यादव, तृतराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल रहेका छन् ।