काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपछि प्रतियोगितामा लगातार दोस्रो जितसहित सेमिफाइनलमा पुगेको हो ।
नेपालले माल्दिभ्सलाई २५–१२, २५–०९ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै नेपाल पुल ए बाट सेमिफाइनल पुग्ने पक्का भएको छ ।
नेपाल यसअघि पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो ।