काठमाडौैं । उपप्रधान तथा निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको मुख्य समस्या व्यापार घाटा रहेको बताएका छन्
आजबाट सुरु भएको २४ औं फ्लोरा एक्स्पोको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आकाशिएको व्यापार घाटालाई कम गर्न नसके नेपालको अर्थतन्त्रलाई सहि दिशामा लैजान असम्भव रहेको बताए ।
उनले भने, “वर्षेनी हुने व्यापार घाटाका कारण हामी हामीले संकट बेर्होनुपर्ने स्थिति रहेको छ । मैले बारम्बार भनेको छु । पुँजीगत खर्च कार्यान्वनको क्षमता अभिवृद्धि गर्नुपर्छ । लामो समयदेखि पूँजीगत खर्च अपेक्षा अनुसार भएन भन्ने कुरा गरेका छौँ । त्यसकारण त्यसको कार्यान्वयन क्षमतामा अभिवृद्धि गर्दा मात्र व्यापार घाटा कम हुन्छ ।’
मन्त्री श्रेष्ठले एक्स्पोले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सहयोग हुने बताए । एक्स्पोले अगामी दिनमा पुष्प व्यवासाय अझै बढी विकसित हुने र यसले राष्ट्रिय अर्थतन्त्रमा पनि थप सकारात्मक योगदान पुर्याउने अपेक्षा रहेको बताए । सरकार र निजि क्षेत्रले हातेमालो गरेर अर्थतन्त्रलाई गतिमा अघि बढाउन र अहिले देखिएको समस्यालाई सकारात्मक तरिकाले समाधान गर्नको लागि छिटो कदम चल्नु पनि आवश्यक रहेको उनको भनाइ थियो ।
“सरकारले यस दिशामा गम्भीर गृहकार्यको थालनि पनि गरेको छ । अहिलेको सकारात्मक पक्ष र प्रविधिलाई कसरी निरन्तरता दिने र कसरी अर्थतन्त्रलाई गतिशिल बनाएर समृद्धिको यात्रामा ल्यौजाने भन्रे मूल विषय हो । यो कामको लागि सरकार निजि क्षेत्रसँग हातेमालो गरेर संविधानले व्यवस्था गरेको तीन खम्बे अर्थनिति सार्वजनिक, निजि र सहकारीलाई आवश्यकता अनुसार प्रथामिकता निर्धारण गरेर अघि बढ्ने छौँ,’’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले पुष्प क्षेत्रमा कर्जा प्रवाहमा सहजता ल्याउने बताए । उनले भने, ‘बैक तथा वित्तिय क्षेत्रले पुष्प क्षेत्रमा कर्जा प्रवाहमा सहजता ल्याउन मन्त्रालयले नीतिगत पहल गर्नेछ । अबैध रुपमा आयात हुने पुष्प कारोबारलाई रोक्न पहल गरिरहेका छौं ।’
FACEBOOK COMMENTS