काठमाडौं । प्रवलजंग पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
चैत २८ र २९ गते हुने महासंघको ६० औं वार्षिक साधारणसभामा आगामी नेतृत्वको लागि चुनाव हुँदैछ । पाण्डे व्यावसायिक वृत्तमा स्पष्ट दृष्टिकोण भएका उद्यमी मानिन्छन् ।
मुलुकको व्यावसायिक क्षेत्रले उनलाई निजी क्षेत्रका समस्यालाई गहिरोसँग बुझेको र निकै अध्ययनशील व्यक्तिको रूपमा चिन्छ । नजिकबाट चिन्नेहरूपाण्डेलाई समन्वयकारी भूमिकामा विशेष दखल राख्ने र टिमवर्कमा विश्वास गर्ने व्यक्ति मान्छन् ।
व्यावसायिक अनुभव, नीतिनियमको ज्ञान र सरकारी तहसँग समन्वय गरेर काम गर्न सक्ने क्षमताका कारणपाण्डेले महासंघमा महत्वपूर्ण भूमिका खेल्न सक्नेमा उनीहरू विश्वस्त छन् ।
पाण्डेको एसोसिएट क्षेत्रसँग बलियोसम्बन्ध छ । उनले बदलिँदो राजनीतिक(आर्थिक परिवेश र जेनजी आन्दोलनपछि सुस्त बनेको अर्थतन्त्रलाई गतिदिन दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता देखेका छन् ।

मुलुकको उद्योग, व्यवसाय, राजस्व र रोजगारीको क्षेत्रमा सकारात्मक नतिजा ल्याउन दर्जनभन्दा बढी क्षेत्रमासुधार गर्नुपर्ने आवश्यकता पाण्डे औंल्याउँछन् ।‘यसका लागि दोस्रो चरणको आर्थिक सुधार अघि बढाउनुपर्छ, पाण्डेले भने।

उनका अनुसार नीतिगत स्थिरता व्यवसायमैत्री वातावरणको अनिवार्य शर्त हो । कर प्रणालीलाई वैज्ञानिकबनाउन र चुहावट रोक्न बहुदरको मूल्य अभिवृद्धिकर भ्याट मा जानुपर्ने उनी बताउँछन् ।

आयकरका दर कटौती र व्यावसायको लागत कम गर्ने उपायको खोजी पनि उत्तिकै महत्वपूर्ण छ, पाण्डे भन्छन्,उद्योगको उत्पादन लागत घटाउन सहुलियत दरमा बिजुली, हवाई टिकटमा लगाइएको भ्याट खारेजी, मुद्रास्फीतिको आधारमा निजी क्षेत्र र श्रमिकको सहकार्यमा न्यूनतम तलब निर्धारण र भूतप्रवाही कर नलगाउनेप्रतिबद्धताको लागि पनि महासंघ जस्ता निजी क्षेत्रका संस्थाको नेतृत्वबाट सशक्त पहल आवश्यक छ ।

कृषि उत्पादन वृद्धिका साथै नेपालका पर्यटकीय क्षेत्रको बजारीकरण, बिचौलियाको अन्त्य, आयात प्रतिस्थापनगर्ने उद्योग स्थापना, बिजुलीको प्रसारण लाइन निर्माण र व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि सशक्तभूमिका खेल्ने उनले बताए ।

झन्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्न लागेको अहिलेको अवस्थामा पोलिसी डिपार्चरका लागिनिजीक्षेत्रले स्पष्ट दृष्टिकोणका साथ सशक्त पैरवी गर्नुपर्ने र यसका लागि महासंघ जस्ता संस्थामा भिजनरी नेतृत्व आवश्यक पर्ने उनी बताउँछन् ।
व्यवसायमा प्रवेश गर्नुअघि नेपाल टेलिकममा इन्जिनियर रहेका प्रवल आफ्नो व्यवसायमा मात्र केन्द्रित नरहेरअर्थतन्त्रमा प्रभाव पार्ने घटना परिघटना, नीति(नियम, सोच र व्यवहारप्रति पनि गहिरो चासो राख्छन् । र,त्यसमा निरन्तर खबरदारी गरिरहेका हुन्छन् । सिमेन्ट उद्योग, औषधि उद्योग, बैंक, वित्त र इन्स्योरेन्सलगायत क्षेत्रमा उनको लगानी छ ।
प्रवल कसमस सिमेन्ट र इस्टर्न कसमस सिमेन्टमा निर्देशक छन् । देशकै पुरानोमध्येकोएक औषधि उद्योग(लोमस फर्मास्युटिकल्स पाण्डेकै परिवारको लगानी रहेको उद्योग हो । उनी निजीक्षेत्रबाटसञ्चालित डाटा हबमा समेत आबद्ध छन् ।
पाण्डे सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष समेत हुन्। उनी पछिल्ला तीन कार्यकाल महासंघमा कार्यकारीसदस्यको रूपमा छन् । प्रवल अध्यक्षको रुपमा महासंघको नेतृत्व गरिसकेका प्रदीपजंग पाण्डेका छोरा हुन् ।
FACEBOOK COMMENTS