काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एक जना वरिष्ठ उपाध्यक्ष र एक जना कोषाध्यक्ष पदका लागि केही बेरमा निर्वाचन हुँदैछ ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालको उम्मेदवारी परेको छ ।
यस्तै, कोषाध्यक्षमा मनिष लाल प्रधान र अम्बिका प्रसाद पौडेलको उम्मेदवारी परेको छ ।
यसअघि वरिष्ठ उपाध्यक्षमा निवर्तमान कोषाध्यक्ष भरत राज आचार्य र कोषाध्यक्षमा भक्त बहादुर हमालको पनि चर्चा थियो । तर, उनीहरूले तोकिएको समयभित्र उम्मेदवारी दिएका छैनन् ।
उक्त दुई पदका लागि अबको केही बेरमा (साढे २ बजे) मतदान सुरू हुने छ ।

हेर्नुहोस् विवरण–

