काठमाडौं । सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया रोक्का गरेपछि अटो व्यवसायीहरूले आकस्मिक बैठक बोलाएका छन् ।
अटो व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपाल (नाडा)ले बैठक बोलाएको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार नाडा सचिवालयमा केहिबेरमा बैठक बस्दैछ ।
सरकारले ल्याएको यो व्यवस्थाबारे छलफल गर्न लागेका छन् । बैठकपछि नाडाले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न निर्देशन जारी गरेको छ ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा कठिनाइ थपेकोले यस्तो निर्णय लिइएको विभागले जनाएको छ ।
