काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।
अर्को कार्यकालका लागि अध्यक्षमा आफूलाई सहयोग प्राप्त हुने विश्वासमा साथ उनले उम्मेदवारी फिर्ता लिएको बताइएको छ । बाँकी दुईमध्ये एक उम्मेदवारलाई उनले समर्थन गरे पनि कसलाई भनेर स्रोतले खुलाउन चाहेन ।
उनको उम्मेदवारी फिर्तासँगै वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र रामचन्द्र संघाइबी प्रतिस्पर्धा हुने भएको छ ।
वरिष्ठ उपाध्यक्षमा तीन र कोषाध्यक्षमा दुई जनाबीच प्रतिस्पर्धा हुने (सूची)
