काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिप्रति असन्तुष्टि व्यक्त गरेको छ । महासंहले मौद्रिक नीतिको समीक्षाले देशको अहिलेको विद्यमान आर्थिक समस्याकालाई समाधान गर्न नसक्ने उल्लेख गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले मौद्रिक नीतिको त्रैमासिक समीक्षले नीजिक्षेत्रको भावनालाई नसमेटेको जनाएको छ ।
यस्तै महासंघले अर्थतन्त्रमा देखिएको विद्यमान समस्यालाई समाधान गर्न विभिन्न ९ वटा सुझावहरु उल्लेख गरेको छ ।
यस्ता छन्र महासंघले औल्याएका अर्थतन्त्र सुधारका उपायहरु:
१. पुस मसान्तमा पुर्नकर्जा वाफतको करिब ६० अर्ब रुपैया बैंक वित्तिय संस्थाहरुबाट फिर्ता जाने बैंकहरुको भनाइ छ । यसले उद्यमीलाई समस्या त हुने नै छ, बजारमा तरलता अभावलाई थप गहिर्याउनेछ । त्यसैले कम्तीमा एक वर्ष पुर्नकर्जा नविकरणको सुविधा दिइनुपर्छ ।
२. अनिवार्य नगद अनुपात (CRR) लाई एक प्रतिशत विन्दुले कम गर्नुपर्छ ।
३. सरकारी ढुकुटिमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अबलम्बन गरिनुपर्छ ।
४. स्थानिय तहमा जाने रकमलाई निश्चित अवधिका लागि सत प्रतिशत गणना गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।
५. पूँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेको र खर्च नहुँदा बजारमा तरलता अभाव हुने गरेको सन्दर्भमा खर्च बढाउन विशेष पहल आवश्यक छ । अर्थमन्त्रालयले पूँजीगत खर्च नहुने कारण पहिल्याइसकेको सन्दर्भमा खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नु आवश्यक छ ।
६. वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्नेछ । यसबारे तत्काल कार्यविधि बनाइ विदेशी लगानी बढाउन पहल गर्नुपर्छ ।
७. सरकारको नीति तथा कार्यक्रममा समावेश भैसकेको Country Rating तत्काल गरिनुपर्ने । अन्तराष्ट्रिय रकम भित्र्याउन वोन्ड लगायतका अन्य उपकरणको प्रयोग गर्न सकिन्छ । अन्य लगानीका स्रोतबाट रकम भित्र्याउन नीतिगत सुधार आवश्यक छ ।
८. निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिन (External Commercial Borrowing) को लागि सहजीकरण एवं प्रोत्साहन गरिनुपर्नेछ ।
९. सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गरिनुपर्नेछ ।
FACEBOOK COMMENTS