काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले म्यानचेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ ।
शनिबार सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा ब्रेनान जोन्सन र जोआओ पलहिन्हाले एक एक गोल गरेका थिए । यो टोटनह्यामको यस सिजनमा लगातार दोस्रो जित हो ।
त्यस्तै पहिलो खेलमा जित हासिल गरेको म्यानचेस्टर सिटीले दोस्रो खेलमा हार बेहोरेको छ ।
FACEBOOK COMMENTS