काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।
“थप जानकारी आउन बाँकी छ,” टिचिङ अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले भने । खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS