चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने भएका छन् ।
हिजो भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकलाई स्वतः केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको एक संस्थापक सदस्यले जानकारी दिए ।
पार्टी स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य थिए । ती मध्ये डा मुकुल ढकाल अहिले रास्वपामा छैनन् । डिपी अर्याल सभामुख छन् ।
रास्वपाको संशोधित विधानमा १९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् ।