काठमाडौं । न्याय परिषदले अदालतमा चा जना मुख्य न्यायाधीश नियुक्तिका लागि गरेको छ । आज शुक्रबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगर, पाटन, सुर्खेत र तुलसीपुरमा मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ ।
त्यस्तै, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरलाई सोही अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरिएकाे छ ।
उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश सिफारिस गरिएकाे छ ।
त्यसैगरी, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई सोही अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरिएकाे छ ।
न्याय परिषदको सिफारिसअनुसार प्रधानन्याधीश प्रकाशमानसिंह राउतले उनीहरूलाई मुख्य न्यायाधीशमा नियुक्त गर्ने छन् ।
FACEBOOK COMMENTS