काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आज कार्यालयसमयसम्म मात्रै आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । कम्पनीले सय रुपैयाँका दरले ५१ लाख २९ हजार २५० रुपैयाँको ५१ हजार २९२.५ कित्ता सेयर निष्कासन गरेको छ ।
सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । सेयरमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS