काठमाडौं । डिसहोमले बाढी तथा पहिरो प्रभावित क्षेत्रका आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको थप नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
कम्पनीका अनुसार त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रमा यो सुविधा लागू हुनेछ। विपद्का बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा सहजता पुगोस् भन्ने उद्देश्यले सेवा नि:शुल्क गरिएको डिसहोमले जनाएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति दु:ख व्यक्त गर्दै डिसहोमले उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभारसमेत व्यक्त गरेको छ।