काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) बढेर तोलामा १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यस्तै महासंघका अनुसार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ६ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७ सय ५५ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS