काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवसको शुभकामना दिँदै महामन्त्री थापाले असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो रहेको बताएका छन् । सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बन्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘गणतन्त्र दिवसको शुभकामना ! जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ ।
असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो छ । सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बनोस् । लोकतान्त्रिक मूल्य र जनआकाङ्क्षाका पक्षमा हामी सबै एकजुट बनौँ ।’
FACEBOOK COMMENTS