काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली युवा क्रिकेटरले एसीसी यू–१६ इस्ट जोनको उपाधि जितेकोमा बधाई तथा शुभकामना दिएका छन् ।
प्रचण्डले भनेका छन्– ‘एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको यस गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
नेपालले आज सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले हराउदै उपाधि जितेको थियो ।