काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी आधिकृत सिइओ गणेशराज पोखरेलले बर्षमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक लिएका छन्।
बैकको अनुसार उक्त पारिश्रमिकबाट पोखरेलले ६५ लाख ३ ३ हजार १७३ रुपैयाँ राज्यलाई बुझाएका छन् । बैंकबाट तलब ८४ लाख, भत्ता ३० लाख, दशैं भत्ता ९ लाख ५० हजार र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ लिएको बैंकले प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।
यस्तै बैंकका अन्य कार्यकारी पदाधिकारीहरुले २ करोड ३० लाख २६ हजार ६४४ रुपैयाँ तलब लिएको देखिएको छ ।
यसबाट राज्यलाई ८९ लाख ८४ हजार ३०४ रुपैयाँ राजस्व जम्मा भएको छ । यता सञ्चालकहरुले बैठक भत्ता बापत ३४ लाख ९९ हजार रुपैयाँ बुझेको देखिएको छ । बैंकले कात्तिक १६ गते बार्षिक साधारणसभा बोलाएको छ ।
FACEBOOK COMMENTS