काठमाडौं । गरिमा विकास बैंकले झन्डै साढे ७३ करोड खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा सो रकम बराबरको नाफा आर्जन गरेको हो ।
बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा भने ७.३१ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकि, गत आवको चैत मसान्तसम्ममा भने २ अर्ब ५१ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यता, बैंकको सञ्चालन नाफा पनि ७.५२ प्रतिशत बढेर १ अर्ब ४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । यस्तै, बैंकको वितरणयोग्य नाफा ३५ करोड ४ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा बैंकले ८.२३ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७.२२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५३.४७ रुपैयाँ कायम भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ राखेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप सङ्कलन १.८२ प्रतिशत वृद्धि भई ८५ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने ६.९१ प्रतिशत बढेर ६९ अर्ब ५ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS