काठमाडौं । जारी जेन–जी आन्दोलनमा सहभागी युवाहरूले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई कडा चेतावनी दिएका छन्। आन्दोलनकारीहरूले सोमबार दिउँसो २ बजेसम्म आफ्ना माग सम्बोधन गर्न समयसीमा तोकेका छन्।
“यदि हाम्रो आवाज सुन्ने हिम्मत नगरे, बालेन पनि हाम्रो नेता होइनन्,” आन्दोलन स्थलमा युवाहरूले बताएका छन्। उनीहरूको भनाइमा, अहिलेको आन्दोलन कुनै पद वा हैसियतका लागि नभई असमानता, अन्याय र दमनविरुद्ध हो, जसमा मौन बस्ने जो कोही पनि उनीहरूको पक्षधर मानिने छैन।
उनीहरूले चेतावनी दिएका छन् कि यदि तोकिएको समयभित्र प्रतिक्रिया आएन भने बालेनप्रति देखाइएको विश्वास समेत फिर्ता लिइनेछ।
FACEBOOK COMMENTS