काठमाडौं । लक्ष्मी बैंकको वार्षिक साधारणसभा आज (बिहीबार) हुँदैछ । बैंकको वार्षिक साधारणसभा अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने भनेको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगदसहित ११.५ प्रतिशत लाभांश पारित गर्ने छ ।
यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात पारित गर्ने छ । यस्तै आव २०७७–०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु सहायक कम्पनी समेत छलफल गरी स्वीकृत गर्ने, बैंकको लेखा परीक्षण समितिको सिफारिश बमोजिम आव २०७८–०७९ का लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
सभामा अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने तथा बैंकले अन्य कुनै सस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिनेछ । बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको छ । मंसिर २३ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउने छन् ।
FACEBOOK COMMENTS