काठमाडौं । नेपाली मोडल दीपक घिमिरेले अमेरिकामा आयोजित एक प्रतिष्ठित अन्तर्राष्ट्रिय फेशन कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्दै प्रस्तुति दिएका छन् ।
विश्वका विभिन्न देशका मोडल,डिजाइनर र फेशन क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । पाकिस्तान, भारत, बंगलादेश, नेपाल तथा अमेरिकालगायत देशका प्रतिभाशाली पुरुष मोडलहरूको सहभागिता थियो ।
घिमिरेले रनवेमा हिँड्ने क्रममा आईडब्लूसीको लक्जरी डिजाइन, परिष्कृत शैली र अन्तर्राष्ट्रिय ब्रान्ड पहिचानलाई दर्शकमाझ प्रस्तुत गरे । फेशन र लक्जरी टाइमपिसको संयोजनले उनको प्रस्तुतिलाई थप आकर्षक तथा विशिष्ट बनाएको थियो ।
लक्जरी घडीलाई समय बताउने उपकरणका रूपमा मात्र नभई व्यक्तिगत शैली, प्रतिष्ठा र फेशन स्टेटमेन्टका रूपमा समेत प्रस्तुत गरिँदै आएको छ । रनवेमा घिमिरेको पहिरनसँगै उक्त प्रतिष्ठित ब्रान्डको घडीलाई समेत विशेष रूपमा शोकेस गरिएको थियो ।