काठमाडौं । ग्लोबल आईएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने भएको छ ।
ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी नेपाल आइडल सिजन ४ का आफूलाई मनपरेको प्रतियोगीलाई भोट गर्न पाउने बैंकले जनाएको छ ।बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनि जितका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS