काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ ।
सोमबार तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS