काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि ‘बाइब्याक ग्यारेन्टी’ कार्यक्रम सुरू गरेको छ ।
यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको कम्पनीले जनाएको छ ।
यो कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रि–सेल भ्यालु दिने दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको र यसअन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी पाँच वर्ष वा ४० हजार किलोमिटर (जुन पहिले पुग्छ) अवधिभित्र एक लाख रुपैयाँको बाइब्याक ग्यारेन्टी गर्ने छ ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्य चिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रि–सेल भ्यालु घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेशनमा स्वाप गर्ने हो ।
यसकै परिणामस्वरूप, गोगोरो बाइब्याक ग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको भनाइ छ ।
FACEBOOK COMMENTS