काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३० रुपैयाँ, मूला रातो प्रतिकिलो ५० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो १८ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ तथा भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो १३० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ८० रुपैयाँ, घिरौला प्रतिकिलो ७० रुपैयाँ, झिगुनी प्रतिकिलो ७० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सलगम प्रतिकिलो ६० रुपैयाँ तथा भिण्डी प्रतिकिलो १२० रुपैयाँ कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायो साग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, चमसुरको साग ७० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ४० रुपैयाँ, बकुला प्रतिकिलो ६० रुपैयाँ, तरुल प्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ तथा कुरिलो प्रतिकिलो ७०० रुपैयाँ निर्धारण गरिएको छ ।
निगुरो प्रतिकेजी १२० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ५० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकिलो २०० रुपैयाँ, कोइरालो प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ६० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ४० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सौफको साग प्रतिकिलो ६० रुपैयाँ, पुदिना प्रतिकिलो ३०० रुपैयाँ, गान्टे मूला प्रतिकिलो ६० रुपैयाँ, इमली प्रतिकिलो १६० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १२० रुपैयाँ र गुन्द्रुकको मूल्य प्रतिकिलो ३५० रुपैयाँ तोकेकोे छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फूजी) प्रतिकिलो ३५० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती प्रतिकिलो २७० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो २५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १३० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो २०० रुपैयाँ, जुनार प्रतिकिलो १६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, रुख कटहर प्रतिकिलो १०० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, अम्बा प्रतिकिलो १२० रुपैयाँ, लप्सी प्रतिकिलो १२० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसेलु) २५० रुपैयाँ, किबी प्रतिकिलो ४५० रुपैयाँ तथा आभोकाडो प्रतिकिलो ६५० रुपैयाँ, अमलाको मूल्य प्रतिकिलो १०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो १२० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकिलो ३३० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७० रुपैयाँ, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, लसुन हरियो प्रतिकिलो ६० रुपैयाँ, हरियो धनिया प्रतिकिलो १०० रुपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकिलो ३२० रुपैयाँ, लसुन सुकेको नेपाली प्रतिकिलो ३०० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १६० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो ६० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३२० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २६० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २४० रुपैयाँ, रुख टमाटर प्रतिकिलो १७० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउको मूल्य प्रतिकिलो ८०० रुपैयाँ तोकेको छ ।
FACEBOOK COMMENTS