काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार बढेर कारोबार भएको सुनचाँदीको मूल्यमा मंगलबार भने गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेर प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको हो । यसैगरी यसअघि प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ रहेको तेजावी सुन आज एक लाख तीन हजार रुपैयाँमा झरेको छ । यता, चाँदीको भाउमा पनि गिरावट आएको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार ३९० रुपैयाँ रहेको चाँदी आज मंगलबार भने एक हजार ३६५ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS