काठमाडौं । तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रूपैयाँ कायम भएको हो ।
तिहारअघिको अन्तिम कारोबारमा अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रूपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो ।
तिहारपछि पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रूपैयाँले घटेको हो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रूपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS