काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला चार सय रूपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ र बुधबार प्रतितोला दुई हजार रूपैयाँ गरी यो पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला चार हजार पाँच सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदीको मूल्य भने स्थिर छ ।
मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।
FACEBOOK COMMENTS