काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कार्यकारिणी समितिको आठौं बैठक आगामी २२ गते बस्ने भएको छ ।
टेकुस्थित महासंघको सचिवालयमा फागुन २२ गते आइतबार दिउँसो १२ः१५ बजे बैठक बस्न लागेको महासंघकी महानिर्देशक मीना श्रेष्ठले जानकारी दिएकी छिन् ।
बैठकले महासंघको ५६औं वार्षिक साधारणसभाको मितिबारे छलफल गरी निर्णय गर्ने बताइएको छ । त्यस्तै उक्त बैठकमा महानिर्देशकको प्रतिवेदनका विषयमा पनि छलफल हुने छ ।
त्यसैगरी महासंघको सदस्यता र अन्य विविध विषयमा पनि छलफल हुने बैठकका लागि कार्यकारिणी समितिका सदस्यहरूलाई महासंघले काटेको पत्रमा उल्लेख छ ।
FACEBOOK COMMENTS