काठमाडौं । हाल रिक्त रहेको कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकिएको छ ।
कोशी प्रदेशको प्रदेश प्रमुखको पद रिक्त रहेकोले प्रदेश प्रमुख नियुक्ति नभएसम्मको लागि कोशी प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्ने गरी मधेश प्रदेश प्रमुखलाई जिम्मेवारी तोकिएको हो।
नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले कर्णलाई कोशी प्रदेश प्रमुखको जिम्मेवारी पनि तोकिएको हो।
