![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तोलामा ४ सयले घटेको छ । हिजो बुधवार प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज १ लाख १८ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मुल्य भने आज तोलमा २० रुपैँयाले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS