नयाँ वर्षको सुरूवाती कारोबारमै २२ सय रुपैयाँले घट्यो सुनको मूल्य
कर्पोरट खबर
10:37 am, आइतबार, वैशाख २, २०८१
730Shares
काठमाडौं । नयाँ वर्ष २०८१ सालको सुरूवाती कारोबारमै पहेँलो धातु सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ ।
यसअघि चैत ३० गते एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS