काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १९०० ले घटेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० कायम थियो ।
FACEBOOK COMMENTS