काठमाडौं । आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।
यो सहित लगातार तेस्रो कारोबार दिनमा गिरावट आएको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला ७०० सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि, आइतबार १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ तोलाको १८ सय रुपैयाँ रहेको थियो ।
FACEBOOK COMMENTS