काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार चार सय रूपैयाँ कायम हुँदै नयाँ कीर्तिमान बनेको हो ।
अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५९ हजार सात सय रूपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तोलामा सात सय रूपैयाँ बढेको हो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार नौ सय १५ रूपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ४० रूपैयाँ बढेर एक हजार नौ सय ५५ रूपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS