काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेको छ ।
यससंगै नेप्से परिसूचक २०६०.७३ अंकमा ओर्लिएको छ । मंगलबार २२२ कम्पनीको २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
यस दिन ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच भएको छ ।
बजार घटेपनि यस दिन हिमालयन हाईड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै, गुराँस लघुवित्तको शेयरमूल्य ६.३६ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS