कास्की (पोखरा) । करिब चार तोला सुनसहित तनहुँका सुशान्त अर्याल पोखरामा पक्राउ परेका छन् ।
बिल नभएको उक्त परिमाणको सुनसहित उनलाई आज पोखरा महानगरपालिका–३२ मजुवाबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय गगनगौडाले जनाएको छ ।
तनहुँको भिमाद नगरपालिका–६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय अर्याललाई हिजो सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग. १ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS