काठमाडौं । नेपाली बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैया निर्धारण भएको छ। यो सँगै आइतबार सुन प्रतितोला २१ सय रुपैयाँले महँगिएको छ।
अघिल्लो कारोबार दिन (शुक्रबार) सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार प्रतितोला १५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी यसदिन तोलामा २० रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
