काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि मंगलबार सुन तोलाको २ लाख २१ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदी तोलाको २६८० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS